25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

किन हराँउछ संधै पासपोर्ट ?

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 किन हराँउछ संधै पासपोर्ट ?
तस्करको हातमा पासर्पोट, खेल यस्तो छ युवा हुंकार बिशेष व्युरो एउटा नयाँ पार्सपोर्ट बनाउनको लागि सर्वसाधारण नेपाली नागरिकहरुले १० हजार रुपैयाँ तिर्नुुपर्छ । मासिक दश हजार रुपैयाँ कमाउनको लागि दुुबई, कतार, मलेसिया जाने आम सर्वसाधारण नेपालीको लागि १० हजार रुपैयाँ निकै नै ठुलो रकम हो । तर पनि बिडम्वन सरकार प्रति पार्सपोर्टको राजश्व १० हजार रुपैयाँ तोेकेको छ । बिगतमा पाँच हजार रुपैयाँमा पाँच बर्षिय अवधिको हस्तलिखित पार्सपोर्ट दिने गरेको सरकारले अहिले १० हजार रुपैयाँमा एमआरपी पासर्पोट दिने गरेको छ ।  पार्सपोर्ट बनाउने कार्य नेपालको हकमा निकै नै झन्झटिलो कार्य हो । यसमा पैसा, समय त्यति कै खेर गएकोे हुन्छ । तर यसरी दुुखले बनाएको पार्सर्पोट सधै नै हराउने गरेको छ । दैनिकरुपमा छापिने पार्सपोट हराएको सुचनाले पत्रपत्रिकाका पानाहरु भरिने गरेकाछन ।    आखिर किन हराँउछ त पासर्पोट  ?  नेपाली पासर्पोट हराउनको मुुल कारुण पासर्पोटको तस्करी हो । नेपालका ठुला भन्दा ठुला म्यान पावर कम्पनी, यस संग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न व्यक्तिहरुले नै पार्सपोर्ट हराएको बहानमा महँगो मुल्यमा बंगलादेशी तथा पाकिस्तानी नागरिकहरुलाई बिक्री गर्ने गरेकाछन । बैदेशिक रोजगारीमा लाने प्रलोभन दिएर सोझा साझा नेपाली नागरिकको पासर्पोट लिने, त्यो पार्सर्पोट बिभिन्न बहानमा सम्वन्धीत व्यक्तिहरुलाई नदिई बिदेशी व्यक्तिहरुलाई लाखौै रुपैयाँमा बिक्री गर्ने गरेकाछन  । पार्सर्पोट नपाएका कै कारण सम्वन्धीत पार्सपोर्ट धनी भने  पत्रपत्रिकामा  पार्सपोर्ट हरायो भन्दै निवेदन दिएर नयाँ पासर्पोेट निकान्ल बाध्य हुन्छन । यहीकारण पनि पत्रपत्रिकामा दैनिक जसो संयौको संख्यामा पासर्पोट हराएको भन्दै सुचना छापिने गरेका हुन ।  को हुुन खरिदकर्ता नेपाली पार्सपोर्टको ? वास्तवमा नेपाली पार्सर्पोटको खरिदकर्ता भनेका बंगलादेशी तथा भारतीय नै हुन । केही खाडी राष्ट्रहरुमा बंंंगलादेशी तथा भारतीय नगारिकलाई रोजगारी नदिने रहेको छ । त्यस्ता राष्टका कम्पनीहरुले भारतीय तथा बंगलादेशी मुुलका नागरिकलाई कामदारकोरुपमा लिदैैन । यहीकारण पनि त्यस्ता व्यक्तिरुले नेपाली पार्सर्पोट महंगो मुल्यमा खरिद गर्छन । नेपाली पार्सपोर्ट  र नक्कली नागरिकता समेत बनाएर उनीहरु आफुलाई नेपाली हु भन्दै बिभिन्न राष्टमा कामको लागि जाने गरेकाछन । यस्ता व्यक्तिहरुलाई नेपालका म्यानपावर कम्पनपीहरुले सुहयोग गरिरकेकाछन । बैदेशिक रोजगारीको लागि आफ्नो सम्पर्कमा आउने व्यक्तिहरु मध्ये  जो कमजोर छ, जसले केही गर्न सक्दैन जस्तो लाग्छ, त्यस्तो व्यक्तिको पासर्पोट नै ठगेर भारतीय तथा बंगलादेशी नागरिकहरुलाई बेच्ने गरिएको छ । यस्तो पार्सपोर्ट ५० हजार देखि एक लाख रुपेैयाँ वा त्यो भन्दा पनि महंगो मुल्यमा बिक्री गरिन्छ । यो बिचमा सम्वन्धीत पासर्पोटधनीले धाक धम्की दिए उसलाई नयाँ पार्सर्पोट बनाउनको लागि केही हजार रुपैयाँ दिने व्यवस्था समेत यिनै म्यानपावरवालाहरुले गर्ने गरेकाछन ।   किन जाँदैन, प्रहरीको ध्यान

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar