लागुु औषध तस्करीमा महिला
13 - Jul-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
लागुु औषध तस्करीमा महिला
युवा ुहंकार संवाददाता काठमाडौ असार लागु औषधको तस्करीमा महिला संलग्नता बढ्दै गएको छ । पछिल्लो पटक प्रहरीले तस्करीमा संलग्न एक महिलालाई करोडौ रुपैयाँको लागु औषध सहित पक्राउ गरेपछि यो रहस्या बाहिर आएको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार लागूऔषध कारोबारमा संलग्न बसुन्धारा स्यान्वो श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरिएको हो । प्रहरी निरीक्षक गुरुङका अनुसार जेठ २४ गते दिउँसो ४ बजेको समयमा काठमाडौं महानगरपालिका–२४, महाबौद्ध भई हाल गडवहाल बस्ने लक्ष्मी गुरुङको घरमा डेरा गरी बस्ने ५२ वर्षकी श्रेष्ठले आफ्नो कोठामा लागूऔषध एम्पुल र खैरो हिरोइन समेत लुकाईछिपाई राखी बिक्रीवितरण समेत गर्दै आइरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । प्रहरी टोलीले श्रेष्ठको कोठामा खानतलासी लिने क्रममा लागूऔषध एम्पुल र खैरो हिरोइन फेला परेकोले सामानसहित श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठको साथबाट लागूऔषध खैरो हिरोइन १८ ग्राम, लागूऔषध एम्पुुल नुुफिन दुुई सय ३० थान, लागूऔषध एम्पुल फेनरागन दुुई सय ३० थान समेत गरी कुल छ सय ९० थान लागूऔषध एम्पुलहरु र २१ हजार चार सय रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
Posted on: 2016-Jul-13

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story