23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जनतालाई दुख दिने खेल

9 - Nov-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपालमा संविधान घोषणा भएपछि भारतले नेपालमाथि अघोषित नाकावन्दी लगाउने र यता सरकार ने फेर्ने खेल सुुरु भईसकेको थियो । सरकार फेर्ने क्रमसंगै शक्तिबाँडफाँडमा अल्झिएका नेता र सरकारले यो बिचमा नाकाबन्दीबारे एकपटक औपचारिकरुपमा छलफल गरेका थिए । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग प्रत्यक्ष कुराकानी गर्ने भन्ने सुझाव दिइएको थियो । एक हप्ता बित्यो, त्यो कुराकानी भए वा नभएको जानकारीमा आएको छैन । यत्रो महासंकटका बेला यसलाई पार लगाउनुपर्ने तह यसरी कुन हदसम्म बेखबर रह्यो भन्ने यो एउटा उदाहरण हो । समाधानका लागि संसद्मा संविधान संशोधन गर्न भनी प्रस्ताव दर्ता त भयो तर सरकार फेरबदलको कुराले त्यसलार्ई पनि ओझेलमा पारिदियो । कतिसम्म भने बितेका तीन दिनदेखि केहीअघि सुरु भएको वार्ता समेत रोकिएको छ । दिनरात गरेर विषय टुङ्ग्याउनुपर्नेमा वार्ताकारहरु कसको नेतृत्वमा सरकार बनाउने भनी आआफ्ना दलमा छलफल गर्न व्यस्त भए । उम्मेदवार तय गर्ने, उम्मेदवारी दता गर्ने र मतदान गर्ने क्रममा त्यसै पनि पूरै तीन दिन खर्च भयो । अर्को औपचारिक कार्य सम्पन्न गर्न अर्को तीन दिन लाग्नेछ । सरकारको कसरतमा यता बितेका यस्ता दिन र जनताले पाएको दुःखका उताका दिनहरु एक ठाउँमा राखियो भने उच्च राजनीतिक तहमा यो संकटले कतै छोएको देखाउँदैन । 


Posted on: 2015-Nov-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar