23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कुकुरहरुसंग जोडिएको एउटा साइनो

11 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 कुकुुरहरुसंग जोडिएको एउटा साईनो,
देव कुँवर मानिस चेतनशिल प्राणी हो, यसले सबैसंग मिल्न, बोल्न, हाँसखेल गर्न, शुखदुख साटा–साट गर्न सक्छ । संसारको सबै भन्दा राम्रो र बिबेकशिल प्राणी नै मानिस हो । यहीकारण पनि यो संसार आज यो अवस्थामा आईपुगेको हो, अर्थात यति राम्रो भएको हो । तर यो संसारमा सबै भन्दा खराव प्राणी पनि मानिस नै हो । यही मानिस कै कारण सिंगो पृथ्वी,जलवायु तथा अन्य परिवर्तनको नाउँबाट खिंईदै छ, नांँसिदै छ ।  आज मानिस कै कारण सिंगो पृथ्वी असान्त भएको छ । सुर्यले समयमा घाम लाग्न बिर्सिएको छ, आकासले समयमा नै पानी पार्न बिर्सिएको छ, सबै उल्टो हुदै गएको छ । मानिसमा बिवेक हराँउदै गएको छ, मानिस सधैै नै भौत्तिक शुखको खोजीमा मात्र दौडिन थालेको छ । त्यहीकारण पनि सबै भएर पनि मान्छेको भीडमा मैले एक्लो महुसस गरेको छु । तर अहिले म एक्लो छैन, मैले धेरै बेसाहारा कुकुरहरुलाई सहारा दिएको छु, खान नपाएको भोका कुकुहरुलाई उनीहरुको बासस्थानमा नै गएर खान दिएको छु, बिरामी कुकुरहरुलाई मेरो आप्mनो क्षमताले भ्याएसम्म औषधी उपचार गरेको छु । वास्तवमा यो सब गर्दा मलाई आनन्द आउँछ, मनलाई शान्ती मिल्छ । मान्छे भएपछि त्यो काम गर्नुपर्छ ,जसबाट आफ्नो मनमा आनन्द आओस, मनमा शान्ती मिलोस । कुकुर त पशु हो, न यसले भोक लाग्यो भन्न सक्छ, न गाह््रो भयो, दुख्यो नै भन्न सक्छ । मानिसहरुलाई सबैले सहयोग गर्छन । तर कुकुरहरुलाई सहयोग गर्ने यहाँ कोही पनि छैनन । त्यहीकारण मैले यो अभियान सुरु गरेको हुं । मान्छेमा बिबेक र समवेदना हराएको भएपनि कुकुरमा बिवेक समवेदना हराएको छैन । मानिसहरु कुकुहरुलाई लात्ताले हानेर ढुंगाले हानेर दुख दिने गर्छन । वास्तवमा कहिले पनि कुकुरलाई त्यस्तो गर्नु हुदैन । उसको जीवन छ, उसलाई पनि मानिसलाई जतिकै दुख्छ, भोक लाग्छ ।  मैले जीवनको यो मोडसम्म आईपुग्दा झण्डै दुई सय भन्दा बढी कुकुरहरुलाई खाना दिएको छु ।  उपचार गरेको छु । तर यो सब मैले आफ्नो व्यक्तिगत खर्चमा गरेको हो । मेरो यो अभियानमा अहिले मेरी छोरी सिर्जना लामा र मेरो साथी श्रीकृष्ण रञ्जितकार जसले मलाई दुखमा पनि साथ दिंदै आउनु भएको छ, उहाँले सहयोग गर्दे आउनु भएको छ । म प्रत्येक दिन बिहान खानाको बाल्टिन लिएर कुकुरलाई खुवाउनको लागि डिल्लीबजार, ज्ञानेश्वर, पुतलीसडक जान्छु, धेरैले मेरो कामको नकारात्मक टिप्पणी पनि गरेकाछन । तर जसले बुझेकाछन, ति व्यक्तिहरु मेरो यो अभियानमा सहभागी पनि हुने गरेकाछन । कुकुरलाई खाना खुवाउने, उपचार गर्ने कार्यमा थोरै मात्रामा भएपनि सहयोग गरेकाछन । मैल आफ्नो आम्दानीको झण्डै १० प्रतिसत रकम कुकुरहरुलाई खाना खुवाउनको लागि खर्च गर्ने गरेको छु । वास्तवमा यस्तो कार्य राज्यले गर्नुपर्ने हो । यहाँ शौखको लागि मानिसहरु कुकुर पाल्छन, जब आफ्नो शौख पुरा हुन्छ, त्यसलाई सडकमा छोडिदिन्छन, यस्ता व्यक्तिहरुलाई राज्यले कारवाही गर्नुपर्छ । सडकमा छाडिएका कुकुरहरुको सुरक्षित वासस्थानको लागि राज्यले ठाउँ दिनुपर्छ । छाडा कुकुरलाई रेबिज बिरुद्धको खोप दिनुपर्छ । मेरो एउटै माग भनेको मेरो यो कार्यमा राज्यले साथ देओस, सडकमा छाडिएका कुकुरहरुको व्यवस्थापनको लागि उचित ठाउँ देओस । वास्वतमा जो व्यक्तिले कुकुरलाई माया गर्देन त्यो व्यक्तिले कुकुरलाई घृणा र दुख पनि नदेओस किनकी मायाँ नगर्ने व्यक्तिलाई घुणा गर्ने अधिकार छैन । त्यहीकारण पनि सबै पशुपक्षी प्राणीहरुलाई मायाँ गरौ भन्ने सन्देशका साथ यो अभियानमा लागेकी हुं । मेरो यो अभियानमा सबैले नै साथ दिन सकुन  ।   

Posted on: 2015-Aug-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar