24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पूर्वमन्त्री बालारामको ऐतिहासिक कृति सार्वजनिक

9 - Aug-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 पूर्वमन्त्री एवं राप्रपा नेपालका नेता बालाराम घर्तीमगरको संस्मरणात्मक कृति “ऐतिहासिक घटना क्रम” सार्वजनिक भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सो कृतिको विमोचन गर्नुभएको हो । 
विश्वबन्धु थापाले अध्यक्षता ग्रहण गरेको उक्त विमोचन कार्यक्रममा डा. प्रकाशचन्द्र लोहनीले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । पूर्वप्रधानमन्त्री चन्द प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संविधानसभा उपसभामुख ओमसरी घर्ती विशेष अतिथि, नेपाल पत्रकार महासंघका महासचिव उजिरमगर, एसियाका नोबेल पुरस्कार महावीर पुनलगायत धेरैजसो लेखकका गृह जिल्लाका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । सो पुस्तकलाई हरिप्रसाद सोडारीले सम्पादन गर्नभएको हो ।  वि.सं. १९९४ साल साउन १८ गते रोल्पाको मिझिङ–५ उपल्लोघरमा नरबहादुर घर्तीमगर र आमा टीकाकुमारी घर्तीमगरको कोखबाट जन्मेर पञ्चायतकाल, लोकतन्त्रकाल र अहिले गणतन्त्रको संघारमा समेत उत्तिकै राजनीतिक मैदानमा सक्रिय सर्जक घर्तीमगरले उपुक्त पुस्तकमा आप्mना विगतका राजनीतिक जीवनका उतारचढावका घटनाक्रमहरुलाई निकै नै पठनीय र वास्तबिक धरातलमा उभिएको जस्तो अनुभव हुने गरी समेट्नु भएको छ ।     

Posted on: 2015-Aug-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar