16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शिक्षामा अर्बोको लगानि, प्रतिफल निरशाजनक

2 - Jun-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 यति धेरै लगानी रहेको यो क्षेत्रबाट उत्पादित शैक्षिक गुणस्तर कमजोर हुदोंरहेछ भन्ने कुरा स्वंम सरकारी बिद्यालयमा पढाउने शिक्षक – शिक्षिकाहरुले आफ्ना छोराछोरीलाई भने  नीजि बिद्यालय तथा प्लस टुहरुमा पढाउनुले पनि पुष्टी हुन्छ । 
  शिक्षामा अर्बों रुपैयाँको लगानी, प्रतिफल निराशाजनक  लक्ष्मण राजबंशी प्रत्येक बर्ष शिक्षा क्षेत्रमा सरकारले निकै ठुलो लगानी गर्दे आएको छ । यसबाहेक स्वदेशी एवं बिदेशी गैरसरकारी संस्थाको समेत यस क्षेत्रमा ठुलो लगानी रहेको छ । तर यति धेरै लगानी रहेको यो क्षेत्रबाट उत्पादित शैक्षिक गुणस्तर कमजोर हुदों रहेछ भन्ने कुरा स्वंम सरकारी बिद्यालयमा पढाउने शिक्षक – शिक्षिकाहरुले आफ्ना छोराछोरी भने  नीजि बिद्यालय तथा प्लस टुहरुमा पढाउनुले पनि पुष्टी हुन्छ । तर अझैसम्म पनि सरकारी शैक्षिक निकायको गुणस्तर सुर्धानको लागि  सरोकारवाला निकायहरु गंभिर नहुनुले यस क्षेत्रको भविष्य अन्धकारतर्फ धकेलिदएको छ । यस्ता  निकाहरुमा बिभिन्न नाउँमा हुने गुटवन्दी, अर्बों रुपैंयाँको लगानी रहेको भएपनि भौत्तिक एवं शैक्षिक पुर्वाधारको अभाव हुनुले यस क्षेत्रको भविस्य मात्र अन्धकार भएको छैन, यस क्षेत्र मार्फत आफ्नो भविस्य सुनिश्चत बनाउने लाखौ बिद्यार्थीहरुको भविस्य एकैपटक अन्धकार भएको छ । देशमा शिक्षाको भबिस्य अन्धकार हुनु भनेको कुनै पनि मुलुकको आर्थिक, सामाजिक एवं अन्य सबै क्षेत्रको भबिस्य अन्धकार हुनु हो ।  यसकारण पनि अहिले ग्रामिण क्षेत्रको शिक्षा र सहरी क्षेत्रको शिक्षा, सरकारी शैक्षिक संस्थाको शिक्षा र नीजि शैक्षिक संस्थाको शिक्षा, नीजि शैक्षिक निकायबाट उत्पादित जनशक्ति र सरकारी निकायबाट उत्पादित जनशक्ति बिचको दुरी लामो हुंदै गएको छ । हामी समान शिक्षा र समानताको कुरा गरिरहेको अवस्थामा यो दु्री बढ्नु भनेको कुनै पनि क्षेत्रको लागि राम्रो होईन । दुर्गम क्षेत्रका बिद्यार्थीहरु सधैं अभाव नै अभावमा शिक्षा आर्जन गरिरहेका हुन्छन । उनीहरुले शिक्षा मार्फत आफ्नो भबिस्य उज्वल बनाउनको लागि हरेक क्षेत्रमा सम्झौता गर्नुपर्ने हुन्छ । भौगोलिक बिकटता, आर्थिक तथा शैक्षिक सामाग्रीको अभाव, योग्य शिक्षकको अभाव, कामको चटारो लगायतका हरेक क्षेत्रमा सम्झौता गरेका हुन्छन । तर सहरी र सुविधा सम्पन्न क्षेत्रका बिद्यार्थीहरुले कहिले पनि यो अभाव झेल्नु परेको हुंदैन । यो अर्थमा हामी सिधा भन्न सक्छौं नेपाली शिक्षा क्षेत्रमा समानता छैन, भनेर ।  यिनै अभाव र कमी कमजोरीका बावजुत पनि  दुर्गमा क्षेत्रका बिद्यार्थीहरुले एसएलसी परिक्षामा सुविधा सम्पन्न बिद्यालययमा पढेका बिद्यार्थीहरु संग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । एसएलसी परिक्षामा फेल भएर आजसम्म जतिपनि बिद्यार्थाीहरुले आत्महत्या गरेकाछन  ति सबै  दुर्गम तथा सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीहरु रहेकाछन । शिक्षा क्षेत्रमा यस्तो हुनु भनेको नेपाली शिक्षा क्षेत्रको लागि पनि निकै ठुलौ चुनौती हो । तर अझै पनि हाम्रो सरोकारवाला निकायहरुले यो चुनौतीलाई आत्मसाथ गर्न सकेको छैन । हामीले  भाषणमा जतिसुकै समावेसी शिक्षाको कुरा गरेपनि त्यो व्यवहारमा क्रंही कतैपनि देखिएको छैन । शिक्षा कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक, शैक्षिक समग्र क्षेत्रको बिकासको बलियो आधार हो, यसको अभावमा कुनै पनि क्षेत्रको बिकास हुन सक्दैन, चाहे त्यो मानवीय चेतनाको बिकास नै किन नहोस । यो अर्थमा कुनै पनि राष्ट्रका जनता शिक्षित हुनु भनेको, समृद्धि हाँसिल गर्नु हो । मुलुकमा शिक्षाको सहीरुपमा बिकास भयो भने त्यो मुलुक आर्थिक बिकासमा त अगाडि हुन्छ नै, त्यहाँको चेतनाकोस्तर प्राकृतिक धरोहर, सम्पदा, सभ्यता, नैतिकता सबै क्षेत्रमा त्यो राष्ट्र अगाडि हुन्छ । शिक्षाकोस्तरले कुनै पनि मुलुकको दिर्घकालीन भविस्य निर्धारण गर्छ । आज अमेरिका, जापान त्यतिकै जापान अमेरिका भएका होईनन । त्यसको पछाडि सबैभन्दा ठुलो हात शिक्षाको रहेको छ । आज आर्थिक बिकासको दृष्टिकोणले नेपाल, नेपाल नै रहनु अर्थात नेपाल जापान हुन नसक्नुकको पछाडिको मुल कारण पनि समानुपातिकरुपमा व्यवहारीक शिक्षाको बिकास हुन नसक्नु नै हो । यसबाहेक नेपाली शिक्षा क्षेत्रमा बढदै गएको राजनीतिले यस क्षेत्रलाई आगामी दिनमा कहाँ लान्छ त्यो कसैलाइ्र्र थाहा छैन । यो अर्थमा नेपालको शिक्षा लक्ष्य बिहिन गएको भान हुन्छ । यसले मुलुकको आगामी भविस्यलाई कहाँ पुरयाउने हो त्यो भविस्य कै गर्भमा रहेको छ ।  नेपाल बिकासोन्मुख राष्ट्र हो । अझै पनि यहाँको झण्डै ७५ प्रतिसत जनता कृषि पेशामा आश्रित रहेकाछन ।  उद्योगका यस  क्षेत्रको योगदान निकै नै ठुलो रहेको छ । नेपालको शिक्षा कहिले पनि यहाँको माटो सुहाँउदो, यहाँको हावापानी सुहाउँदो अथवा भनौ नेपाल सुहाँउदो भएको छैन । हामीले आफ्ना छोराछोरीलाई साईन्स पढायौं, कर्मस पढायौ, ईन्जिनियरिङ पढायौ,  तर कृषि शिक्षा  कहिले पढाएनौं । अहिले हामीले पढाएका अथवा भनौ राज्यले साईन्स, कर्मस, नर्सिङ, ईन्जिनियरिङ पढाएका धेरैजसो छोराछोरीहरुले आफुुले पढेको शिक्षाले बिदेशी भुमीको सेवा गरिरहेकाछन । जापान, अमेरिका, बेलायत लगायतका मुलुकमा बसेर आफनो श्रम र सीप बेचिरहेकाछन । यो हुनु भनेको कुनै पनि बिकासोन्मुख राष्ट्रको लागि दुखद कुरा हो ।  हामी तत्कालको भोक मेटाउनको लागि फास्ट फुड र जंक फुड  खान्छौं, यि दुबै  स्वास्थको लागि राम्रो होईन यसले तत्काल भोक त मेटाउला तर यसले मानव स्वास्थलाई कति हानी गर्छ हामीले कहिले पनि सोचेका छैनौं ।  अहिले हाम्रो शिक्षा क्षेत्रमा पनि फास्टफुड कल्चरको बिकास भएको छ । हामी तत्कालको आवस्यकता परिपर्तीको लागि दिर्घकालीन सोच नराखीकन बिदेशमुखी शिक्षा दिईरहेका छौं यसले भविस्यमा मुलुकको दिर्घकालीन अर्थतन्त्र, समाजमा कस्तो असर पर्छ यसले मुलुकलाई कुन मोडमा धकेल्छ भन्ने बारेमा कहिले पनि सोचेका छैनौ   हामी कुनै पनि क्षेत्रमा अल्पकालीन सोच मान्यताबाट पीडित भएका छौ यदि साँच्चै नै मुलुकको आर्थिक बिकास गर्ने हो भने हामीले हाम्रो सोच र मान्यतामा परिर्वतन नै गर्नुपर्छ । मुलुकको आर्थिक बिकासको लागि पनि यस्तो मान्यतामा परिवर्तन गरी दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्ने पर्छ । यसको आमुल शैक्षिक परिवर्तन बाहेकको दोस्रो बिकल्प छैन ।    (लेखक बरिष्ठ शिक्षासेवी, साहित्यकार एंव सभासद हुुनुहुन्छ )    

Posted on: 2015-Jun-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar