पार्टीमा घाडो बन्दै सिटौला
ेपाली काँग्रेस पुरानो ठुलो लोकतान्त्रिक पार्टी हो । काँग्रेस भित्र सबै विचार राख्ने समुह र व्यक्तित्वहरु अटाउँछन्, तर पार्टीलाई ध्वस्त पार्ने व्यक्तिलाई भने नेतृत्वले संरक्षण गरेपनि काँग्रेस कार्यकर्ताले माफ गर्दैनन् । यस्तै माफी नपाउने उदाहरण बन्ने भएका छन् महामन्त्री कृष्ण सिटौला । त्यसो त सिटौला भारतका एक नम्वर एजेन्ट समेत भएको राजनीतिक वृत्तमा खुलेरै चर्चा हुने गरेको छ ।
काँग्रेस भित्र रहेर पार्टीलाई ओरालो गतिमा धकेल्ने दुष्प्रयास गरेका सिटौला अर्को संविधानसभाको उम्मेदवार छनौट प्रक्रियामा हावी भएपछि नेता तथा कार्यकर्ताले औंला उठाउने भएका हुन् । पछिल्लो समय सिटौलाकै कारण काँग्रेसको उम्मेदवार छनोटमा विवाद समेत बढेको एक केन्द्रिय नेताले बताए । आन्तरिक विवाद चुलिए पछि २४० क्षेत्रमा उम्मेदवारी छनोट गर्ने निर्णय लिन समेत नेतृत्वलाई हम्मेहम्मे परेको ती नेताले भने । उम्मेदवार छनोट विवादको विषयलाई लिएर पार्टी सभापति सुशिल कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा जेलमा रहेका प्रभावशाली नेता खुमबहादुर खड्कालाई भेट गर्न समेत रोक लगाउने दुष्प्रयास गरेको बुझिएको छ । पार्टीभित्र कार्यकर्ताको मन जित्ने भन्दा नेतृत्वसँग मिली एजेन्टको काम गर्ने सिटौलाको गतिविधिले पार्टीलाई कहिल्यै पनि उल्लेखनीय सहयोग नपुगेको पार्टीवृत्तिमा चर्चा छ ।
Posted on: 2013-Oct-21
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story