25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्राचीन युरोप र राजकुमारीहर

21 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
दरबारमा रानीलाई प्रेम गर्नु खतरा थियो । यसको दण्ड नजानिदों ढंगले मृत्युसम्म पनि हुन सक्थ्यो । रानी इसाबेलाको मामलामा यसअघि १३औं शताब्दीमा यस्ता घटना घटीसकेका छन् । रानीको ओछ्यानमा भेटीएका सन्दिग्ध प्रेमीलाई फाँसीमा चढाइएको थियो । त्यस्तै, १४औं शताब्दीमा पनि तीन शूरवीर शाही अधिकारीहरूले राजा फिलिपकी बुहारीलाई बहकाएको आरोप थियो । राजकुमारीलाई कैद गरियो भने उनका प्रेमीहरूको हातखुट्टा भाँचिएको थियो । सन् १५४२ मा क्याथरिन हावर्डका प्रेमी फ्रान्सिस डेरेहमलाई बेहोश पारी फाँसीमा चढाइएको थियो ।  पहिले उनको गुप्तांग जलाएर बेहोस बनाइयो, पछि शरीरको टाउको जीउ छुट्टाछुट्टै फालियो । पतिले जस्तो कामुक षड्यन्त्र पत्नीले गर्दैनथे । तर सन् १५७२ मा फ्रान्सका राजा हेनरी तृतीयले रानीको प्रेम सम्बन्धको स्वागत गरे । तर, उनका प्रेमीलाई पछि फाँसीको सजाय दिए । मनमुटाव, विछोड तथा पारपाचुकेका बाबजुद १६०५ मा मार्गोट र हेनरी सबैभन्दा राम्रा साथी बनिसकेका थिए । राजगद्दीको विरासत हेनरी चौथोलाई सुम्पिएको थियो । उनका पूर्व पतिको बुढ्यौलीमा रानीले पनि उदारता देखाइन र दुवै पेरिसमा बस्न थाले । बाहिर जान मुश्किल थियो किनकी रानीले किशोरावस्थामा आफ्नो विछ्यौनामा ःल्याएका प्रेमीहरूबाट जोखिम थियो । मार्गोटले आक्रमणमा परेका उनका प्रेमी बाजाउमन्टका लागि चर्चमा आरोग्यलाभको प्रार्थना गरेको राजाले थाहा पाएका थिए । हेनरी पिटरले जब आफ्नी पूर्व पत्नीको प्रेमीका सम्बन्धमा चाल पाए । यो थाहा पाएकोमा उनका जार भने खुसी थिएनन् । सन् १६९८ मा उनकी विलासी श्रीमति रानी एडोक्सियाले पनि उनलाई छोडीन्, किनकी उनको एक सैन्य अधिकारीका साथ प्रेम सम्बन्ध थियो । जब पीटरले यो कुरा थाहा पाए, तब उनले उक्त प्रेमीलाई सजाया दिने मनसाउ बनाए र उसलाई जलाइदिए । जल्दा उसका मांशपेशी पड्केर फुटेको सुनिन्थ्यो । पिटरको क्रोधबारे व्याख्या गर्दा यतिमात्र पर्याप्त हुँदैन । अबन्र्टस, नेपोलियनका दिदीबहिनीमध्ये एक थिइन्, उनकासाथी सम्राट टस्कनीले नेपल्सकी रानी क्यारोलिन र रानी एलिस तथा राजकुमारी पालिन समक्ष सुन्दर र कामुक केटाहरू पठाउँथे र बुझ्न चाहान्थे, तिनीहरूका कुरा । रानी तथा राजकुमारीहरूसँग प्रेम गर्नेको शिर काट्नु, फाँसी चढाउनु त सामान्य सजाय थियो । जो–जो प्रेम जालमा फसे, तिनीहरू कहिले पनि फर्केनन् । जुन दण्ड आज पनि उत्तिकै सान्दर्भिक छ । सन्१९९१ मा वेल्सकी राजकुमारी डायनाका प्रेमीलाई जे गरिएको थियो– उनका प्रेमी जेम्स हेविटलाई ।  सबै शाही प्रेमीहरूलाई यातना र मृत्युको खतरामा पारेर मात्र होइन सुरक्षित र धेरै फाइदाजनक रुपमा आत्मसन्तुष्ट पतिलाई आफ्नो अधिकारमा ल्याउने रानीहरू पनि थिए । स्पेनकी रानी मारिया लुईसाका प्रेमी म्यानुअल गोडे साधरण पृष्ठभूमीका थिए । उनी स्पेनको ग्रामीण इलाकाबाट आएका थिए र ससेजको व्यवसाय गर्थे । यी ससेज व्यवसायी अजानक देशमा सबैभन्दा धनी मानिस भएर निस्के । यसको कारण यौन नै थियो । गिउलिओ माजरिनी नामका रोमका एक युवा फ्रान्स गएका थिए । त्यहाँ तास खेलमा पैसा हारेर रोइरहेका थिए । उनी अचानक फ्रान्सकी विधवा रानी ऐनी (लुई चौधौंकी आमा) को प्रेमी बन्न पुगे । फ्रान्समा अचानक उनी एकाएक प्रतिष्ठीत व्यक्तिका रुपमा निस्के । लाइब्रेरी, केनल क्लब, पेरिमिा भव्य महल (जसमा तीन विशाल प्रवेशद्वार थिए, सुन्दर बँगैचा थियो), फ्रान्समा कलाको सबैभन्दा राम्रो संग्रह उनीकहाँ नै थियो । उनी इटलीबाट सबैभन्दा राम्रो गाडी आयात गरेर बेच्थे । मोतीको व्यापार गर्थे साथै सुनचाँदी लगायत पनि । फ्रेन्च सरकारको आँखाबाट बचाएर उनले अरु व्यवसाय पनि गर्थे । अर्की विधवा रानी क्याथरिन द ग्रेट प्रेमीहरूका लागि उत्तिकै उदार थिइन् । ३४ वर्षको अवधिमा उनको दरबारमा पेन्सन, महलमा कलाको काम, सामान खरिद लगायत गरी उनले २ अर्ब डलर बराबर खर्च गरिन् । पीटर्सबर्गमा जाँदा पनि उनले सबैभन्दा बढी पैसा खर्च गरिन् भनिन्छ । पीटर्सवर्गको नहर उनको नाममा थियो । यसमा उनले सबैभन्दा बढी पैसा बगाएकी थिइन् ।

Posted on: 2013-Oct-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar