25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

खवरदार शैक्षिक व्यापार

11 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
केदार कोइराला   मन्दिरको पुजारीले देउताको नाउमा व्यापार गर्न थालेपछि धर्मप्रतिको जनआस्था कहँँ पुगछ ? पढेलेखेका वुद्धिजीवी कहिलेनहरुले प्रवित्र शिक्षाको मन्दिरमाथि व्यापारीक धावा वोलदेर पाठशाला, गुरुवर्ग र शिक्षा क्षत्रेकै दोहोलो काडिसके । तै पनि मौन छ समाज किन ? उत्तरका लागि उठाइएको प्रश्न होइन यो । नैतिकताका लागि सचेत गराउन गरिउको प्रश्न हो ! के नैतिकवान मरिसके ? नैतिकता रहने अव ? थप प्रश्न सँगसँगै प्रत्येक नागरिकले चिन्तन मनन गर्ने किन नगर्ने ?         मुर्खको ओखती हुँदैन । एउटा अपारधीक समहुले स्कुलको सवारी साधानमा आगो लगाउँछ । यो भन्दा निन्दनीय कृयाकलाप के नै होला र । यत्रतत्र सर्वत्र यस्तो क्रियाकलापको घोर विरोध भैरहँदा अर्को दुर्भाग्य निम्तन्ध । अकस्मात शैक्षिक क्षत्रे वन्दको घोषणा । ससाना केटाकेटी एकाविहानै उठेर आँखा मिच्दै सकिनसकनि झोला वोकुर लुरुलुरु सडकमा तातिलागेर हिड्छन् गन्तव्यमा पुगेपछि थाहा पाउँछन् विद्यालय वन्द छ । कलेज पुस्ता टाइसुटमा कलेजको गेटमा पुग्छन् गेटमा ताल्चा । तन्नेरीहर त चियापसलमा भेला हुने देखि डेटिङ सम्म भ्याउलान् । तर ति ससाना लालावालाले दिनभरी के गर्ने ? छोराछोरी स्कुल गए भनेर आ–आफ्ना कामकाजमा पुगृका अभिभावक छोराछोरी स्कुल पुगेर फर्केपछि मात्र थाहा पाउँछन् । अव केटाकेटीको स्याहारमा घर फर्कने कि आफ्नो जागीर वचाउने ? अव प¥यो कि परेन फसाद । एकचोटी, दुईचोटी प्रसंग होइन, पटकपटक दोहोरिरको फोहोरी खेल हो यो । एउटा जिम्मेवार शैक्षिक निकायले यस्तो गैर जिम्मेवारी रवैया किन गर्छ पटकपटक ?         फाइदा र वेफाइदाको सन्तुलन विग्रन थाल्यो भने सिंहदरवारदेखि वालुवाटारसम्म चिल्ला सवारीसाधनमा लर्को लगाएर पुग्ने शैक्षिक व्यापारीहरु विद्यार्थीको भविष्य र अविभावकको वेदना प्रति अलि कति पनि समवेदनसिल देखिदैनन् । कलेजमा भर्ना गर्नुपर्दा होस वा स्ुकलमा पढाउने अवसर खोज्दा, वगरेको मासु पसलमा मोलतोल गरे जस्तै वजार्गेनिङ्ग चल्छ स्कुल कलेजमा । भने जति भर्ना शुल्क तिरेर पनि चन्दा सहित अध्ययनका लागि स्कुल भर्ना भएका विद्यार्थीको आर्थिक वोझ अभिभावककै थाप्लोमा आइपर्छ । मनपरी शुल्क र चनदाबाट आजित सर्वसारधाणको गुहार माग्ने ठाउँ कहि कतै छैन । अभिभावकको नाउमा राजनीति गर्न खुलेका झलोले संघसंस्था पनि स्कुल र कलेजकै हण्डिमा मोटाउने वाहेक कुनै आस्तित्वमा छैनन् । छोराछोरीको भविष्य उज्जवल वनाउने सपना सहित परिश्रम गरिरहेका अभिभावक एकछाक खाएरै भएपनि आफ्ना छोराछोरीको आवश्यकतामा कन्जुस्र्याइ गर्ने चाहदैनन् स्कुल, कलेजमा चलिरहेको अस्वस्थ प्रतिस्पर्धा होस वा राजनीतिक हथकण्डा हरेक अभिभावक सुसुचित छ । तर उ आफ्ना छोराछोरीको भविष्य सोचेर मौन छ । त्यही मौनतालाई शैक्षिक व्यापारीहरुले आफू बलियो भएको महसुस गरिरहेका छन् । सूचना सम्म नगरेर शैक्षिक संस्था वन्द गर्ने र वन्द पछि पत्रपत्रिकामा सूचना निकाल्ने परिपाटी के पढेलेखेका वौद्धिकवर्गको नौलो प्रयोग हो ? या हामीले जे गरेपनि हुन्छ भन्ने असहम् हो ।       प्रत्येक अभिभावक अपाm्नो छोराछोरीको भविष्य सुनिश्चित भएको हेर्न चाहन्छ, चाहे तये ठेलागाडा चलाउनृे होस वा आकासमा वोइड उठाउने । यतिखेर टाइसुटमा, चिल्ला सवारी साधानमा हुइकिने शैषिक व्यापारीहरुले पनि अलिकति समय निकालेर आफ्ना अभिभावकले आफ्नो लागि गरेको दुःख स्मरण गर्न सके नव वौद्धिक वर्गको घैटामा पक्कै घाम लागने थियो । हिजोका दmुख र परिश्रम विर्सेर अहिले भौतिक सम्पन्नता मात्रै सुख हो भनेर कल्पना गर्नेहरुले भोली अपाmै अभिभावक हुन्छु भन्ने कुरा पनि विर्सनु हुँदैन होला । जंगलको ओडारमा वाँसको कप्टेरा वनाएर रुखको पातमा जंगली झारापात कुटेर वनाएको मसिले कखरा सिकेका हाम्रा पुर्खालाई स्मरण गर्ने हामी नेपाली किन यति छिट्टै आफ्नै अस्तित्व संकटमा पार्दै छौ ? जवाफ हिजोका आदरणीय गुरुवर्गले दिनै पर्छ । यदि यसैगरी शिक्षाको ज्ञान हासिल गर्ने पवित्र मन्दिरहरुमा राजनीतिको गन्ध भित्र्याएर हजारौ लाखौ युवा पुस्ताको भविष्यमाथि खेलवाड गरिन्छ भने ति लाखौ युवा पुस्ताका हाजारै अभिभावक हात वाँधेर र मुखमा पट्टी वाधेर वस्दैनन् । विद्यार्थी विनाको शैषिक संस्था वनाउने कि विद्यार्थी अभिभावक र गुरुवर्ग सहितको शैक्षिक संस्था वनाउने ? वेलैमा सोचौ समय घेर नफालौं ।

 


Posted on: 2013-Oct-11


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar