25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

एसएलसीको नतिजा सार्वजनिक, ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

विद्यालय स्तरको फलामे ढोका मानिने यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको नजिता आज सार्वजनिक गरिने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय  सानो ठिमी भक्तपुरका अनुसार यो वर्ष नियमिततर्फ ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो संख्या गत सालभन्दा ८. ८१ प्रतिशत कम हो । गत वर्ष ६४ दशमलव ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । उत्तीर्णमध्ये २० हजार १ सय ११ जनाले विशिष्ट श्रेणी, ८२ हजार ६ सय १९ जनाले प्रथम श्रेणी, १ लाख ९ हजार ७ सय ९५ जनाले द्वितीय श्रेणी र ८ हजार २ सय ४१ जनाले तृतीय श्रेणीको अंक ल्याएका छन् । नियमिततर्फा ३ लाख ९७ हजार ७ सय ५९ जनाले परीक्षा दिएका थिए ।    एक्जाम्टेडतर्फ १७  दशमलव ३० प्रतिशत अर्थात ९ हजार ७ सय ३३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष एक्जाम्टेडतर्फ २९ दशमलव १८ प्रतिशत विद्यार्थी पास भएका थिए । एक्जाम्टेड तर्फबाट एक जनाले पनि डिस्टिङसन ल्याएका छैनन् । पास भएका मध्ये जम्मा १ सय ८० जनाले प्रथम श्रेणीको अंक ल्याएका छन् ।    परीक्षा बोर्डको बैठकले दुई विषय फेल भएका विद्यार्थीलाई ५ अंक ग्रेस दिने निर्णय गरेपछि पास प्रतिशत ५५ दशमलव ५० पुगेको हो । ग्रेस अंक िदंदा १७ हजार ७ सय ४० विद्यार्थी पास भएका छन् ।    परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरुलाई आगामी साउन २३ देखि ३० गतेसम्म मौका परीक्षाको व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा नियन्त्रण कार्यालयको वेभसाइट डब्लुडब्लुडब्लु डट एसएलसी रिजल्ट डट एसओसीई डट जीओभी डट एनपी र नेपाल टेलिकमको वेभसाइट डब्लुडब्लुडब्लु डट एसएलसी डट एनटीसी डट नेट डट एनपीमा  प्राप्ताङ्क समेत हेर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै शिक्षा मन्त्रालयको वेभसाइट डब्लुडब्लुडब्लु डट एमओइ डट जीओभी डट एनपी र शिक्षा विभागको वेभसाइट डब्लुडब्लुडब्लु डट डीओई जीओभी डट एनपीमा पनि परीक्षाको नतिजा राखिएकॊ छ ।

गत चैत १० देखि १८ गतेसम्म सञ्चालित एसएलसी परीक्षामा मुलुकभारबाट नियमित आंशिकतर्फ गरी ४ खाल ९६ हजार २ सय ४३ विद्यार्थी सहभागी भएका थिए ।

आफ्नो नतिजा थाहा पाउन निम्न नम्बरहरुमा मोबाईलबाट आफ्नो सिम्बल नम्बर एसएमएस गर्न सकिन्छ ।

  •  SLC Space सिम्बल नम्बर टाइप गरेर ८०८०, १४००, २०७२२, ४९४९, ५००१, ५२२५, ४५६६ एसएमएस
  • नेपाल टेलिकमको १६०० नम्बर र युटिएलको १२१५ नम्बरमा साधारण टेलिफोनबाट आफ्नो सिम्बर नम्बर डायल गरेर पनि नतिजा सुन्न सकिन्छ ।
उल्लेखित वेभसाइटहरुबाट पनि आफ्नो नतिजा थाहा पाउन सकिन्छ । 


Posted on: 2011-Jun-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar