18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अनुगमन गर्ने निकाय सक्रिय नभएर शैक्षिक परामर्श क्षेत्रमा बिकृती बढेको हो

10 - Mar-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 बिक्रम चौधरी
प्रमुख कार्यकारी अधिकृत भेनस इन्टरनेशनल कन्सल्टेन्सी प्रा.लि, डिल्लीबजार    हाम्रो प्रमुख उदे्श्य नैं नेपाली बिद्यार्थीहरुको बैदेशिक शिक्षाको सपनाको पुरा गर्नु हो । त्यही सपना पुरा गर्नको लागि नैं हामीले भेनस इन्टरनेशल कन्सल्टेन्सी प्रा. लि सञ्चालनमा ल्याएका हौं । यो संस्थामार्फत हामीले नेपाली बिद्यार्थीहरुको अष्टे्रलिया, यु.के, युएसए, न्युजिल्याण्ड, क्यानडा लगायतको देशको शैक्षिक गन्तव्यको लागि काम गर्दे आएका छौं ।  हामीसंग शैक्षिक परामर्श क्षेत्रमा काम गर्नको लागि योग्य टिम रहेको छ । यो टिमले बिद्यार्थीहरुको आवस्यकता, चाहाना र बिद्यार्थीको क्षमता सबैलाई बुझेर उसको बैदेशिक शिक्षाको यात्रालाई अगाडि बढाउन काम गर्छ । बैदेशिक शिक्षामा जानु अघि र गएपछि आईपर्ने सबै किसिमका जानकारीहरुको बिषयमा हामी नेपाली बिद्यार्थीहरुलाई परामर्श दिन्छौं । आवस्यकता अनुसार बैदेशिक शिक्षामा जाने बिद्यार्थीहरुको अभिभावकलाई पनि भेटेर त्यसको बारेमा जानकारी दिन्छौं ।  हाम्रो प्रमुख उद्ेश्य भनेको नैं नेपाली बिद्यार्थीको बैदेशिक शिक्षा र रोजगारी राम्रो होस, त्यहाँ बसेर उसले राम्रो काम पाओस, राम्रो काम गर्न सकोस । उच्च शिक्षा हाँसिल गरोस भन्ने हो । यही सोचका साथ हामीले २०१७ देखि यो संस्था सञ्चालनमा ल्याएर काम गरिरहेका छौं । हाम्रो यो कामबाट हामीसंग जोडिएका बिद्यार्थी, अभिभावकहरु खुसी छन, खुसी भएको अनुभव हामीले गरेका छौं । हाम्रो संस्थामार्फत बैदेशिक शिक्षाको प्रकृया सुरु गरेका धेरैजसो अर्थात ९५ प्रतिशत बिद्यार्थीहरुको भिसा लागेको छ । हाम्रो यो संस्था इक्यानमा आवद्ध रहेको छ । जहाँसम्म शैक्षिक परार्मश क्षेत्रमा भएको बिकृतिहरुको कुरा छ, यो क्षेत्रमा पहिला पनि बिकृती रहेको थियो, अहिले पनि बिकृत रहेको छ । कारवाही गर्ने निकाय, अनुगमन गर्ने सरकारी निकायले प्रभावकारीरुपमा काम गर्न नसक्दा यो क्षेत्रमा बिकृती बढेको हो । यो बिकृती हटाउने दायित्व शैक्षिक परामर्श केन्द्र स्वंमहरुको पनि हो । सबैले मिलेर यो क्षेत्रृलाई बिकृतीमुक्त अर्थात सुशासनयुक्त बनाउनु पर्छ । यो क्षेत्र सुशासनयुक्त भएको खण्डमा यो क्षेत्रसंग प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा जोडिएका सबैको भविष्य सुरक्षित हुन सक्छ । शैक्षिक परामर्श संस्थाहरु जिम्वेवार र व्यवसायीक हुन सक्छन् ।  यो क्षेत्र बिकृत भएकै कारणले पनि बैदेशिक रोजगारीमा जाने चाहाने बिद्यार्थी र उनका अभिभावकहरुले एउटै कन्सल्लटेन्सीमा मात्र भर पर्नु हुदैन । कम्तीमा पनि १० वटा कन्सल्लटेन्सीहरुमा गएर आफु जान लागेको देश, अध्ययन गर्न लागेको बिषय, कलेज, शुल्क आदिको बारेमा बुझेर मात्र जानु पर्छ ।

Posted on: 2023-Mar-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar