18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शैक्षिक परामर्श संस्थाहरुको काम उच्च शिक्षाको लागि सहयोग गर्ने हो ।

30 - Sep-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 राजेन्द्र बराल  फर्मर प्रेसिडेन्ट, ईक्यान परामर्शदाताहरुले बिद्यार्थीहरुलाई परामर्श दिने हो । बिद्यार्थीहरुलाई कहाँ पढ्दा राम्रो हुन्छ, योग्यता, क्षमता र रुचीको आधारमा परामर्श दिने हो । बैदेशिक उच्च शिक्षा र रोजगारीको लागि सहयोग गर्ने हो । कन्सल्टेन्सीको काम परामर्श दिने भएकोले यो क्षेत्रमा ठुलो लगानी आवस्यक छैन । परामर्श दिने यो क्षेत्रमा हामी नेपाल नै सक्षम रहेका छौ । किनकी शैक्षिक परामर्श दिने कुरामा नेपालमा दक्ष जनशक्ति रहेको छ । बिदेशी कम्पनीहरु आएको खण्डमा बिदेशीले यहाँ कम्पनीहरु मात्र खोल्छन, यहाँबाट नाफा कमाएर पैसा मात्र लान्छ, त्यो अनरुपको कर तिर्देनन । राष्ट्रिय अर्थतन्त्रमा ति कम्पनीह्रुको खासै योगदान रहंदैन । तर हामीले काम गर्दा हामीले हरेक क्षेत्रमा राज्यलाई कर तिरिरहेका हुन्छौं । मलाई लाग्छ, सन २०१० को कुरा हो, त्यतिखेर अर्थमन्त्रीकोरुपमा सुरेन्द्र पाण्डे हुुनुुहुन्थ्यो । त्यो समयमा उहाँले भन्नुुहुन्थ्यो । नेपालमा कन्सटेन्सीहरुले बार्षिकरुपमा शिक्षण संस्थाहरुले तिर्ने भन्दा बढी कर तिर्छन, उहाँको भनाइलाई नै आधार मान्दा पनि अनुुमान गर्न सकिन्छ,  मुुलुकको राष्ट्रिय अर्थतन्त्रमा कन्सल्टेन्सी क्षेत्रको योगदान कति छ भनेर । अहिले नेपालमा सबै क्षेत्रमा गरी २७ सय वटा कन्सल्टेन्सीहरु रहेकाछन ति मध्ये १४ सय ७३ वटा कन्सल्टेन्सीहरु शिक्षा मन्त्रालयमा दर्ता रहेकाछन । देशका ७७ वटा जिल्लाहरु मध्ये ३६ वटा जिल्लाहरुमा कन्सल्टेन्सीहरुले आफ्नो व्यवसाय बिस्तार गरेकाछन । यो क्षेत्रमा मात्र अहिले २० हजार जना भन्दा बढीले प्रत्यक्षरुपमा रोजगारी पाएकाछन भने अप्रतक्ष्यरुपमा रोजगारी पाउनेको संख्या अझै निकै ठुुलो रहेको छ । यो क्षेत्रमा मात्र झण्डै १४ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी रहेको छ ।  एउटा कन्सल्टेन्सीमा झण्डै २० लाख २५ लाख रुपैयाँको हाराहारीमा लगानी रहेको छ । वास्तवमा यो लगानी गर्नको लागि हामी आफै सक्षम छौ । हामीसंग यसको लागि पर्याप्त श्रोत, साधन र दक्षता छ । तर पनि किन सरकारले यो क्षेत्रमा बैदेशिक लगानी ल्याउन लागेको छ । कसको ईच्छा र स्वार्थमा बिदेशी लगानी ल्याउन खोजिंदै छ सरकारले प्रष्ट पार्नुुपर्छ । हामीले बुुझे अनुसार नेपालको शैक्षिक परामर्श क्षेत्रमा लगानी गर्नको लागि केही बिदेशीहरु तयार रहेकाछन । ति बिदेशीहरुले केही सासंद मार्फत यो नीति ल्याउन खोज्दैछन । यसमा उनीहरुको पनि आफ्नो स्वार्थ रहेको छ । त्यो स्वार्थको लागि स्वदेशी लगानी, श्रोत र साधनलाई धरासायी बनाउने काम कंहीकतैबाट हुुनुुहुदैन । अहिले हामी नेपालबाट बिदेशमा बिद्यार्थी पठाउने मात्र होईन बिदेशबाट पनि नेपालमा बिद्यार्थी ल्याउनुु पर्छ भनिरहेका छौं । यसको लागि प्याव्सन, हिसान लगायतका संंंघसंस्थाका उच्च अधिकारीहरुसंग बार्ता छलफल गरिरहेका छौ । तपाईहरु त्यो अनुुसार पुर्वाधार तयार गर्नुुहोस, गुणस्तर सुधार गर्नुुहोस बिदेशी बिद्यार्थी हामी ल्याउँछौं भनिरहेका छौ । तर यो अवस्थामा सरकारले कसैको व्यक्तिगत स्वार्थबाट प्रेरित भएर केही लाख रुपैयाँ लगानी हुुने यो क्षेत्रमा बिदेशी लगाउने ल्याउने कुरा गरिरहेको छ । यो कुुनैपनि अर्थमा मुुलुुकको हितमा छैन । यो यहाँ पनि केही कन्सन्टेन्सीहरुले बदमासी गरेकाछन । ति कन्सल्टेन्सीहरुलाई राज्यले कारवाही गरोस व्यवस्थीत गरोस तर तर कन्सल्टेन्सीहरुलाई धरासायी बनाउने गरी बिदेशी लगानी नल्याओस ।  


Posted on: 2022-Sep-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar