25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कन्सलटेन्सी व्यवसाय गर्छु भन्दा आत्मसम्मानका साथ भन्न सक्ने अवस्था हुनुपर्छ,

25 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 इ-हाई-वे एजुकेशन कन्सल्टेन्सीले बिशेष गरी अष्टे्रलिया र अमेरिका अध्ययनको लागि परामर्श दिंदै आएको छ । सन् २०१२ देखि नैं यो कम्पनीले अष्टे्रलिया र अमेरिकाको लागि काम गर्दे आएको छ । हाम्रो काम भनेको बिशुद्धरुपमा बैदेशिक शिक्षाको लागि बिद्यार्थी तथा अभिभावको इच्छा, चाहाना र रुची र अध्यक्ष गर्ने जाने देशको, शैक्षिक संस्था, त्यो देशको शिक्षा सम्वन्धी नीति तथा कानुन र अध्ययन पछि पाउने सक्ने संभावित रोजगारीको बारेको आवस्यक जानकारी तथा परामर्श दिनु हो । यसको लागि इ-हाई-वे संग दक्ष परामर्शदातारुको टोली रहेको छ । हामीले बैदेशिक शिक्षाको लागि अष्टे्रेलियाको जानको लागि आवस्यक शैक्षिक परार्मश दिंदा बिद्यार्थीहरुसंग कुनै पनि किसिमको शुल्क लिदैंनौं । अमेकिकाको हकमा भने परार्मश शुल्क १० हजार रुपैंयाँ तोकेका छौं । 
बिद्यार्थीहरुलाई आवस्यक परामर्श दिनको लागि म स्वंम नैं बिद्यार्थीहरुसंग हुन्छ, उनीहरुलाई अध्ययनको लागि बिषय छनौंट देखि, बैदेशिक शिक्षामा जान प्रकृयाको लागि गर्नुपर्ने आवस्यक सहजीकरणमा म प्रत्यक्षरुपमा उपस्थित हुन्छ । यो सबै गर्नको लागि म संग लामो अनुभव रहेको छ । म बिगत १५ बर्षदेखि यही पेसामा आवद्ध रहेको छु । यो क्षेत्र निकै नैं सम्मानित क्षेत्र हो । राज्यले यसको महत्व र योगदान बभ्mनु पर्छ । यो क्षेत्रले बार्षिक २५ अर्ब रुपैंयाँ भन्दा बढीको कारोबार गर्दे आएको छ भने भने प्रत्यक्षरुपमा हजारौं व्यक्तिहरुलाई रोजगारी दिएको छ । अर्को तर्फ सरकारी राजश्वमा पनि यो क्षेत्रको निकै नैं ठुलो योगदान रहेको छ । यो योगदानलाई राज्यले भुल्नु हुदैंन । अन्य क्षेत्रहरुमा जस्तै यस क्षेत्रमा पनि गलत गर्ने केही व्यक्ति तथा कम्पनीहरु होलान, ति गलत गर्ने व्यक्ति तथा कम्पनीहरुलाई राज्यको जिम्वेवार निकाहरुले कारवाही गर्नु पर्छ, कारवाही गर्न सक्नु पर्छ । एउटा व्यक्ति तथा कम्पनीले गलत काम गर्यो भनेर यस क्षेत्रसंग सम्वन्धीत सबै व्यक्ति तथा कम्पनीहरुलाई एउटै टोकरीमा हालेर जोख्ने काम सरकारले गर्नु हुदैंन ।  राज्यले यस क्षेत्रलाई थप व्यवस्थतीत र मर्यादित बनाउनको लागि आवस्यक पर्ने सबै नीति तथा कानुनहरु बनाएर कार्यान्वयन गर्नुपर्छ । यो पेशालाई सम्मानित र मर्यादित बनाएर यसलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउन सक्नु पर्छ । अनिमात्र यस क्षेत्रमा आवद्ध भएका व्यक्तिहरुको आत्मसम्मान बढ्छ । यसले अझै व्यवसायीहरुलाई काम गर्न प्रोत्साहन मिल्छ । मुलुकको दिगो आर्थिक बिकास र समृद्धिमा यो क्षेत्रको योगदान अझै ऊँचो हुन सक्छ । बिपिन के.सी  डाईरेक्टर इ हाई वे एजुकेशन कन्सल्टेन्सी

Posted on: 2022-Aug-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar