24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अर्थतन्त्रमा शैक्षिक परार्मश केन्द्रहरुको योगदानलाई नजरअन्दाज नगरौं

25 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 मुलुकको अर्थतन्त्र अहिले सहज अर्थात भनौं सन्तोषजनक अवस्था छैंन । आर्थिक वर्ष २०७८-०७९ तथ्यांकलाई शुक्ष्मरुपमा केलाउन हो भने पनि अर्थतन्त्रलाई सहज मान्न सकिने कुनै ठोस प्रमाण भेटिन मुश्किल छ । आव २०७८-०७९ मा कुल वस्तु निर्यात ४१ दशमलव सात प्रतिशतले बढेर दुई खर्ब तीन करोड रुपैंयाँ पुगेको छ । संभवत मुुलुकको निर्यात व्यापार बढेर दुई खर्ब पुगेको यो पहिलो पटक हो, जसलाई हामीले राम्रो मान्नु पर्छ । तथ्यांक अनुसार अघिल्लो वर्ष यस्तो निर्यात ४४ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव नौं प्रतिशत र ३० दशमलव चार प्रतिशतले बढ्दा चीनतर्फको निर्यात २० दशमलव चार प्रतिशतले घटेको छ । 
अब कुरा गरौं आयातको आव २०७८-०७९ कुल वस्तु आयात २४ दशमलव सात प्रतिशतले बढेर १९ खर्ब २० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३ दशमलव पाँच प्रतिशत, १३ दशमलव दुई प्रतिशत र ३६ दशमलव तीन प्रतिशतले बढेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा २७ दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात-आयात अनुपात १० दशमलव चार प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात नौं दशमलव दुई प्रतिशत रहेको थियो ।  आर्थिक वर्ष २०७८०-७९ मा विप्रेषण आप्रवाह चार दशमलव आठ प्रतिशतले वृद्धि भई १० खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौं दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ । राष्ट्र बैंकको यो तथ्यांकलाई आधार मान्ने हो भने पनि अर्थतन्त्रलाई सहजरुपमा लिन सकिन्न । यो अवस्थाको अर्थतन्त्रलाई केही सहज अवस्थामा ल्याउन मुख्य भुमिका रेमिटेन्सले खेलेको छ । यसरी आउने रेमिटेन्समा प्रत्यक्षरुपमा जोडिएका संस्थाहरु भनेको शैक्षिक परामर्श केन्द्रहरु नैं हुन । यि केन्द्रहरु मार्फत अहिले हजारौं नेपालीहरु अध्ययन र रोजगारीको लागि बिदेशीएका छन । तिनै बिदेशीएका नेपाली युवाहरुले पठाएको रेमिटेन्सबाट नैं अर्थतन्त्र चलेको छ । जुन शैक्षिक परामर्श केन्द्रहरुबाट नैं संभव भएको हो । यसबाहेक शैक्षिक परामर्श केन्द्रहरुको देशको राजश्व र दक्ष जनशक्ति उत्पादनमा पनि निकै ठुलो योगदान रहेको छ । यो योगदानलाई राज्यले कहिले पनि नजरअन्दाज गर्नु हुदैंन ।

Posted on: 2022-Aug-25


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar