16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जुवाको खाल भित्र युवा

15 - Apr-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  भुवन के.सी.(जेरोम्) काठमाडौ, बैशाख ।       लामो समय बित्दा पनि क्यासिनो सञ्चालकहरुले जुवा घर अर्थात क्यासिनो सञ्चालन गरे बापत् सरकारलाई तिनुपर्ने रोयल्टी बापत्को रकम अझै बुझाएका छैनन् । क्यासिनौं सञ्चालन गरेर करोडौं कमाए पनि क्यासिनो सञ्चालकहरुले सरकारलाई क्यासिनो सञ्चालन गरे बापत् बुझाउनु पर्ने न्यून अंश वर्षौ बित्दा पनि नबुझाई अटेर गरेर बसेका हुन ।     कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयका अनुसार नेपाल रिक्रीयसन सेन्टर प्रालि, दि फुलबारी लिमेटड, अन्नपूर्ण इन्टरनेशनल प्रा.लि दरबारमार्ग, होटेल एभरेष्ट इन्टरनेशनल प्रा.लि नयाँ बानेश्वर, होटेल सोल्टी प्रा.लि ताहचल, ह्यापी आवर प्रा.लि लगायत नाम चलेका क्यासिनोहरु रहेकाछन् भने उनीहरुले सरकारलाई रोयल्टीबापत् तिर्नुपर्ने करिब एक अर्ब ७८ करोड रुपैयाँ भने बुझाएका छैनन् ।    बाधवाका नेपाल रिक्रीयसन सेन्टर प्रालिले वक्यौता बापत् ७९ करोड ३९ लाख , अमात्यको दि फुलबारी लिमेटडले ३६ करोड ६० लाख, सर्राफको होटेल याक एण्ड यति प्रालिले १७ करोड ६२ लाख रुपैयाँ, सिहको ह्यापी आवर प्रालिले १० करोड २८ लाख ७० हजार र सीम्हनाको नेपाल रिक्रिएशन सेन्टरले ११ लाख ९० हजार वक्यौता रकम बुझाउन बाँकी रहेको छ ।    अमात्यको दि फुलबारी लि पोखरा, छिने डाँडा १५, सराफको याक एण्ड यति प्रालि काठमाडौं, नक्साल, सिहको महकाली ६ कञ्चनपुर, र सीम्हनाको काठमाडौं ताहचल स्थायी ठेगाना रहेको छ ।  यस्तै अन्नपूर्ण इन्टरनेशनलले १४ करोड ९९ लाख ६९ हजार, होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लिको १३ करोड २८ लाख ४१ हजार, होटेल सोल्टी प्रा.लिको सात करोड ८६ लाख ३३ हजार र ह्यापी आवर प्रा.लिको छ करोड ८९ लाख २७ हजार रोयल्टी सरकारलाई बुझाँउन बाँकी रहेको छ । यि कम्पनीका सञ्चालकहरुमा क्रमश क्यासिनो अन्नपूर्ण ईन्टरनेशनल प्रा.लिका महाप्रवन्धक तप्तबहादुर बिष्ट, होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लिका सञ्चालक मशकुर अहमद, होटेल सोल्टी प्रा.लि सञ्चालक दिनेश बहादुर विष्ट र ह्यापी आवर प्रा.लिसञ्चालक गोर्कण लामिछाने रहेकाछन् ।    पछिल्लो सयम कार्यालयले करोडौं वक्यौता नतिर्ने क्यासिनको सञ्चालकहरुको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ भने  तीनपुस्ते विवरण सार्वजनिक हुनेमा क्यासिनो सञ्चालक राकेश बाधवा (भारत), पियुष बहादुर अमात्य (पोखरा), राधेश्याम सर्राफ (काठमाडौं), सुरेन्द्र बहादुर सिह र केटसरिन सीम्हना रहेकाछन् ।   उनीहरुले रोयल्टीबापत्को रकम बुझाउने भन्दा पनि रकम तिरेको भन्दै रोयल्टीको विषय अदालततर्फ लैजाने गरेकाछन् । यसरी अदालतमा रोयल्टीको विषय लगेसँगै समय लाग्ने र आफूहरुले छुटकार पाउने मनशायका कारण गलत प्रक्रिया अपनाँउदै आएको कार्यालयका अधिकारीहरुको भनाई छ ।   यसैबीच फागुन पहिलो सात कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै अगामी दिनमा पनि रकम नबुझाएमा कानुन प्रक्रिया अनुरुप अघि बढ्ने तथा यसोगर्दा सरकारी रकम बाँकी हुनेहरुको आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठानमा क्षति हुन गएमा सोको जिम्मेवार कार्यालय नहुने समेत सरोकारावालाहरुलाई आग्रह गरेको छ ।   कार्यालयले क्यासिनो सञ्चालकहरुलाई सरकारी बाँकी साँवा रकम अर्थात् वक्यौता र सोमा नियमानुसार लाग्ने ब्याज समेत बुझाई आ–आफनो नामको लगत कट्टा गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११४ को उपनियम (१) बमोजिम सबैलाई आग्रह गर्ने गरेको छ भने सो अनुसार क्यासिनो सञ्चालकहरुले रोयल्टी नतिरेको खण्डमा भने नियमसंगत रुपमा सार्वजनिक सूचना गर्ने तथा जायजेथा जफत गर्ने लगायतको कामकारबाही अगाडि बढाउने गरेको छ ।  कार्यालयले नियमसंगत ढंगले अघि बढ्दा क्यासिनो सञ्चालकहरुको आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठानमा क्षति हुन गएमा सोको जिम्मेवार भने स्वयं क्यासिनो सञ्चालकहरु हुने जनाएको छ ।   

कुन क्यासिनोले कति रोयल्टी बुझाउनु बाँकी छ, हेर्नहोस तालिका 

क्रस क्यासिनोको नाम बुझाउन बाँकी रोयल्टी रकम  १) रिक्रीयसन सेन्टर प्रालि   ७९ करोड ३९ लाख २) दि फुलबारी लिमिटेड ३६ करोड ६० लाख ३) होटेल याक एण्ड यति प्रालि         १७ करोड ६२ लाख  ४) ह्यापी आवर प्रालि. १० करोड २८ लाख ७० हजार ५) नेपाल रिक्रिएशन सेन्टर          ११ लाख ९० हजार  ६) अन्नपूर्ण इन्टरनेशनल            १४ करोड ९९ लाख ६९ हजार ७_ होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लि       १३ करोड २८ लाख ४१ हजार   

के हो, जुवा कस्तो छ, कारवाहीको व्यवस्था ? 

नेपालमा जुवा खेल्ने र खेलाउन बन्देज रहेको छ । सम्वन्धीत निकायको अनुमती वा स्वीकृती बिना जुवा खेल्नु र खेलाउनु अपराध हो । यदि यस्तो अपराध गरेको खण्डमा सरकारले “जुवा नियन्त्रण ऐन, २०६६” अन्र्तगत कारवाही गर्छ । व्यवसायीकरुपमा जुवा खेल्न र खेलाउनको लागि सरकार स्वंमले नै अनुमती दिने गरेको छ ।   पयर्टन उद्योग शिर्षक अन्र्तगत रहेर सरकारले ठुला ठुला पाँच तारे होटलहरुमा जुवा घर अर्थात क्यासिनो सञ्चालन गर्न अनुमती दिने गरेको छ । जुवा खेलाए वापत यि क्यासिनोहरुले प्रत्येक बर्ष सरकारलाई अर्बो रुपैयाँ राजश्व तिरेका हुन्छन भने सोही मात्रामा आम नेपाली जनतालाई प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा रोजगारी दिएका हुन्छन । क्यासिनोले नेपालको पर्यटन उद्योगमा पनि निकै ठुलो योगदान दिएको छ । यस अर्थमा नेपालमा पर्यटकीय क्षेत्रमा बिकास र बिस्तारमा क्यासिनोको योगदानलाई पनि निकै नै ठुलो रहेको छ भन्ने मान्न सकिन्छ ।    तर यसको बावजुत पनि नेपालमा पछिल्लो सयम मिनी क्यासिनो अर्थात साना जुवाघरहरु सञ्चालन हुने क्रम बढ्दै गएको छ । गैरकानुुनीरुपमा सञ्चालनमा रहेका यस्ता मिनी क्यासिनोहरुले राज्यको अर्बो रुपैयाँ राजश्व त गुमेको छ नै यसले नेपाली समाज गम्भिर खालको सामाजिम, आर्थिक तथा पारिवारिक बिचलन ल्याउने गरेको छ । देशको ठुलो युवा शक्ति यस्ता जुवा खालहरुमा भेटिनु र अल्मलिनुले मुलुकको आर्थिक तथा सामाजिक बिकास र समृद्धिमा निकै नै ठुलो असर पर्न सक्छ । प्रत्येक दिन नेपाल प्रहरीले अवैधरुपमा जुवा तास खेलाएको अभियोगका आधारमा दर्जनौं व्यक्तिहरुलाई नियन्त्रणमा लिने र छोड्ने काम गर्दे आएको छ । तर यति गरेको भरमा मात्र जुवा खेल्ने, खेलाउने क्रम रोकिएको छैन । मानिसहरु फुर्सदिला भएकाकारण पनि हुन सक्छ। के गाउँ के शहर फुर्सद हुने र साथीभाई जम्मा हुुने बित्तिकै तास खेल्ने परिपाटीको बिकास हुदै गएको छ । बिशेषगरी बस पार्क एरिया, सार्वजजिनक चौतारा, होटल, घरबेटी नबस्ने खाली घर तथा सटरहरुमा तास खेल्ने र खेलाउन क्रम बढ्दै गएको छ । आफ्नै परिवारमा पनि सबै सदस्यहरु जम्मा हुदा रमाईलोको लागि तास खेल्ने परंपरा शहरी क्षेत्रमा बढ्दै गएको छ ।   राज्यले युवाहरुमा लागेको यस्तो कुलत हटाउन प्रभावकारीरुपमा काम गर्नुपर्छ । यसको लागि सबै युवाहरुलाई राम्रो रोजगारी र पारिश्रमिक दिने व्यवस्था राज्यले गर्नुपर्छ । अहिलेको अवस्थामा धेरै युवाहरु जुवा खालको भेटिनुको प्रमुख कार्यकारी फुर्सिला भएर पनि हो । राज्यले युवाहरुलाई काम दिएको खण्डमा, रोजगारी दिएको खण्डमा युवाहरु फुर्सद कम हुन्छ । त्यसपछि उनीहरुलाई जुवा खेल्न समय नै हुदैन । यसका अतिरिक्त राज्यले जुवाको लत लागेकाहरुलाई जुवा खेल्नबाट छुटाउनको लागि आवस्यक परार्मशहरु दिएर रचनात्मक कामहरुमा लगाउन पर्छ । त्यसपछि पनि भएन भने कारवाही गर्नुपर्छ ।   

नेपालमा किन बन्देज छ, जुवा ?

जुवा वा सट्टाबाजी खेल्ने वा खेलाउने कार्यलाई नियन्त्रण गरी सामाजिक र आर्थिक हित एवं मर्यादा कायम राख्नको लागि सो सम्बन्धी प्रचलित कानूनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८१ को उपधारा (१) बमोजिम संविधान सभाले यो ऐन बनाएको छ ।    सरकारले यदि कसैले जुवा खेलेमा वा खेलाईएमा “जुवा नियन्त्रण ऐन, २०६६” अन्र्तगत कारवाही गर्छ । “जुवा” भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेलिने खेल वा प्रक्रिया सम्झनु पर्छ । “जुवा घर (क्यासिनो)” भन्नाले इजाजतपत्र लिई जुवा खेल्ने खेलाउने उद्देश्यले स्थापना भएको घर सम्झनु पर्छ । “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ । “सट्टाबाजी” भन्नाले कानून बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी सम्झनु पर्छ ।  

जुवा खेल्ने खेलाउनेलाई यस्तो हुन्छ, कारवाही ? 

जुवा खेलेमा वा खेलाईएमा कसुर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्मको बिगो रहेछ भने विगोबमोजिम जरिवाना समेत तोकिने व्यवस्था रहेको छ । एक लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैयाँसम्मको विगो रहेछ भने विगो बमोजिम जरीवाना र एक महिनासम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पाँच लाख रुपैयाँभन्दा बढी १० लाख रुपैयाँसम्मको विगो रहेछ भने विगो बमोजिम जरीवाना र तीन महिनासम्म कैद हुुने छ । यदि १० लाख रुपैयाँ भन्दाबढी २० लाख रुपैयाँसम्मको विगो रहेछ भने बिगो बमोजिम जरीवाना र छ महिनासम्म कैद हुने छ । यसैगरी खेलको प्रकृति हेरेर २० लाख रुपैयाँ भन्दा बढी विगो भएको रहेछ भने विगोबमोजिम जरीवाना र एक वर्षसम्म कैद हुने छ । एकभन्दा बढी पटक दफा ३,४, ५, ६ वा ७ को उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई प्रत्येक पटक एक एक महिनाका दरले थप कैद सजाय व्यवस्था रहेको छ ।      

Posted on: 2021-Apr-15

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar