18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

रोकिएन बैदेशिक रोजगारीमा ठगी

8 - Nov-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
युवा हुंकार संवाददाता
काठमाडौं, कार्तिक । 
सिंगो बिश्व नै कोरोना भाईरस (कोभिड १९) को महामाहारीबाट आक्रान्त बनेको समयमा पनि बैदेशिक रोजगारीको नाउँमा करोडौं रुपैयाँ ठगी भएको छ।
बैदेशिक रोजगारीमा जाने युवायुवतीहरुबाट बैदेशिक रोजगार व्यवसायी र ऐजेन्टहरुले हालसम्म तीन करोड २५ लाख २२ हजार रुपैयाँ ठगी गरेको देखिएको छ । बैदेशिक रोजगार बिभाग अनुसार चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा युवाहरु मार्फत उक्त रकम ठगी भएको हो । विभागले हालसम्म संस्थागत श्रम स्वीकृति भने खुल्ला गरेको छैन । साउन र भदौमा गरी विदेश पठाउने नाममा व्यक्तिले ठगी गरेको भन्दै युवाहरुले विभाग समक्ष १६ वटा उजुरी दिएका छन् भने दुई करोड २५ लाख ५२ हजार रुपैयाँ दाबी गरेका छन् ।
यस्तै युवाहरुले ठगी गरेको भन्दै २१ वटा मुद्दा अदालतमा दायर गरेका छन् । तीनलाख ६० हजार रुपैयाँ बिगो उनीहरुले दाबी गरेका छन् । युवाहरुले विदेश पठाउने भन्दै उक्त अवधिमा मेनपावरले ठगी गरेको भन्दै विभाग समक्ष १३ वटा उजुरी दिएका छन् भने ९६ लाख नौ हजार रुपैयाँ दाबी गरेका छन् । त्यसैगरी समीक्षा अवधिमा विभागले जरिवाना स्वरुप मेनपावरहरुलाई पाँच लाख रुपैयाँ बिगो भराएको छ भने उक्त अवधिमा श्रम स्वीकृति लिनेको (कोरिया बाहेक) संख्या एक सय ९८ जना रहेको छ भने जस मध्ये एक सय ७९ जना पुरुष र १९ जना महिलाहरु रहेको बिभागले जानकारी दिएको छ । विभागका अनुसार भदौ महिनामा विदेश जाने नाममा मेनपावरले ठगी गरेको भन्दै तीन वटा उजुरी परेका छन् भने २६ लाख छ हजार रुपैयाँ दाबी गरिएको छ ।
ठगी गरेको उजुरी परे पनि उक्त अवधिमाविभागले कुनै पनि संस्थालाई उजुरीनगराउनको साथै बिगो रकम समेतभराएको छैन । यस्तै कल सेन्टरबाट ११वटा उजुरी आएको छ भने फरफारकको संख्या भने चारवटा रहेको छ ।व्यक्तिले ठगी गरेको भन्दै भदौ महिनामा चार वटा उजुरी परेका छन् भने ७१ लाख २२ हजार रुपैयाँ दाबी गरेका छन् भने मेनपावरले ठगी गरेको भन्दै युवाहरुले सातवटा मुद्दा अदालतमा दायर गरेका छन् भने दुईलाख ५५ हजार रुपैयाँ बिगो दाबी गरेका छन्। यता साउन महिनमा मेनपावरले ठगी गरेकोभन्दै विभागसमक्ष १० वटा उजुरी आएको छ भने ७० लाख तीन हजार रुपैयाँ ठगी भएको भन्दै युवाहरुले दाबी गरेका छन् । यसरी उजुरी आए सँगै विभागले निर्णय गरी मेनपावरहरुलाई पाँच लाख रुपैयाँ बिगो समेत भराएको छ भने उसले एउटा जाहेरी फरफारक गरेको छ भने कल सेन्टरबाट ठगी सम्बन्धी २४ वटा उजुरी प्राप्त गरेको छ ।
यस्तै साउन महिनामा श्रम स्वीकृति लिनेको संख्या (कोरिया बाहेक) तीन हजार एक सय ५२ जना रहेको छ । यस मध्ये दुई हजार नौ सय ७४ जना पुरुष र एक सय ७८ जना महिला रहेका छन् ।त्यसै गरी विदेश पठाउने नाममा व्यक्तिले ठगी गरेको भन्दै युवाहरुले साउन महिनामा १२ वटा उजुरी दिएका छन् । यसमा एक करोड ५४ लाख ३० हजार रुपैयाँ दाबी गरिएको छ । साउन महिनामा व्यक्तिगत तर्फ १४ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक लाख पाँच हजार बिगो दाबी गरिएको छ । संस्थागत श्रमस्वीकृति बन्द तथा बन्दाबन्दीमा समेत विदेश जाने नाममा युवाहरु ठगिनुले गर्दा उनीहरु थप समस्यामा पर्ने देखिएको छ ।


Posted on: 2020-Nov-8

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar