25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ति युवाहरुलाई सलाम, जो स्वदेशमा नै केही गर्देछन ।

1 - Jan-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
जहाँ अभाव हुन्छ, त्यहाँ तनाव हुन्छ । यसको मुल जडो भनेको बेरोजगारी नै हो । बेरोजगारी कै कारण अथवा भनौं राम्रो रोजगारीको अभावमा अहिले हाम्रो देशको ठुलो युवा शक्ति बिदेश पलायन भएको छ । यो क्रम रोकिनुको साटो झन बढ्दै गएको छ ।   सरकारी तथ्यांकमा बिदेशिक रोजगारीमा जानेहरुको संख्या बिगतको बर्षहरुको तुलनामा केही घटेको देखिएपनि यसलाई सत्य मान्न सकिने ठोस आधार सरकारले दिन सकेको छैन । यदि  बैदेशिक रोजगारीको जाने नेपाली दाजुभाई दिदि बहिनीहरुको संख्या घटेको हुंदो हो त त्रिभुवन बिमानस्थलमा संधै त्यो भिड देखिने थिएन होला । आफन्त छोराछोरी, नाती नातिना, आमाबुवालार्ई बिदाई गरिरहेका ति हातहरु हल्लिने थिएनन होला, आफन्तका ति आँखाहरु रसाउने थिएनन होला । मुलुकको एक मात्र अन्तराष्ट्रिय बिमानस्थलमा आफन्तलाई बिदाई गर्दा ति पिर व्यथाका दृष्यहरु देखिदैन थिए होलान ।    बास्तवमा रहरले कोही बिदेश गएका होईनन होला, केही कमाउने, आफन्त र परिवारको भविस्य सुनिश्चित गर्ने अनि स्वदेशमा नै फर्केर सानो तिनो पेशा व्यवसाय गर्नको लागि पैसाको जोहो गर्न कै लागि नेपाली दाजुभाईहरु बिदेशिका हुन । यसमा कसैको दुईमत छैन । यो अर्थमा एकाध बाहेक कुनै पनि नेपाली नागरिकको लागि बिदेशिनु अर्थात बिदेशी भुमीमा पसिना बगाउनु कदापी रहर हुनै सक्दैन । यो बाध्यता हो । राज्यले आफ्ना नागरिकलाई स्वदेशमा नै राम्रो रोजगारी र सुनिश्चित भविष्य दिन नसक्नुको दुष्परिणमा हो यो । तर यि सबै कुराको बावुजुत पनि केही युवाहरु छन, जसले स्वेशमा नै केही गर्ने आँट गरेकाछन । ति युवाहरु सबैको लागि प्रेरणा बनेकाछन ।   उनीहरुले स्वदेशमा नै सबै खाले चुनौतीलाई सामना गर्दे आफु स्वरोजगार भएकाछन । आफु मात्र रोजगार नभई केहीहदसम्म अरुलाई पनि रोजगारी दिएकाछन । ति युवाहरु प्रेरणाका पात्र हुन, सम्मानका पात्र हुन । बिशेष गरी होटल तथा पयर्टन क्षेत्र, कृषि क्षेत्र, सुचना प्रविधि क्षेत्र, पशुपालन, अन्य उद्योग, यातायात आदि क्षेत्रमा पछिल्लो समय केही युवाहरुले नयाँ सोचका साथ काम गरिरहेकाछन । त्यो निकै नै सराह्नीय रहेको छ । यि युवाहरुलाई राज्यले सम्मान गर्नुपर्छ । प्रोत्साहन गर्नुपर्छ ।    युवाहरुले गर्ने हरेक पेशा व्यवसायहरुले राज्यले नीतिगतरुपमा, आर्थिकरुपमा सहुलियत दिनुपर्छ, उनीहरुलाई स्वदेशमा नै बसेर पेशा, व्यवसाय गर्न जहिले पनि उत्प्रेरित गर्नुपर्छ । पेशा व्यवसायमा कानुनी तथा प्रशासनिक जटिलता देखाएर युवापुस्ताहरुलाई पेशा व्यवासायमा आउनु हतोत्साहीत बनाउनु हुदैन ।   किनकी देश बनाउने भनेका युवाहरुले नै हुन । युवाहरुलाई हरेक क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ । अनि मात्र मुलक सहीरुपमा आर्थिक बिकास र समृद्धिको दिशामा जान सक्छ ।    

Posted on: 2020-Jan-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar