25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<1234>>>
Show:
  • शुक्रबार नै किन हुन्छ धेरै अपराध ?
    2017-10-10 01:43:15   |   Comments: 0

    राजधानी काठमाडौमा शुक्रबार सबै भन्दा बढी आपराधीक घटनाहरु हुुने गरेकाछन । मानिसहरु हप्तादिनको कामबाट तनाव मुक्त हुन एक दिन गुड फ्राइडे मनाउन रेष्टुरेण्ट वा अन्य कतै पुगेका हुन्छन तर सन्जोगवश त्यसैदिन अपराधीहरुले पनि आफ्नो समयलाई रेष्टुरेण्ट वा त्यस्तै शान्त स्थानलाई अखडा बनाउछन् । जसको कारण दुइ पक्षवीच सामान्य विवाद हुदा पनि अपराधमा परिणत हुन्छ । प्रहरीको विश्लेषण हेर्ने हो भने पनि शुक्रबार र शनिवार धेरै अपराध कर्महरु हुने गरेका छन् । आइतबार र सोमबार भने अरु बारको तुलनामा कम अपराध भएको छ । महानगरीय प्रहरी आयुक्ता कार्यालयले दिएको तथ्यांक अनुसार शुक्रबार र शनिवार सय प्रतिशतमा १६–१६ प्रतिशतका दरले अपराध भएको पाइएको छ भने बिहिबार, बुधबार र मंगलबार १४–१४ प्रतिशतका दरले आइतबार र सोमबार १३–१३ प्रतिशतका दरले अपराध भएको पाइएको छ

  • उपत्यकामा एक बर्षमा झण्डै छ हजार अपराध
    2017-08-30 04:58:09   |   Comments: 0

    काठमाडौ उपत्यकामा एक बर्षमा साना ठुला समेत गरी झण्डै छ हजार वटा अपराधिक घटना भएकाछन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको एक आर्थिक बर्षको अपराध सम्वन्धी तथ्यांक अनुसार गत एक वर्षमा उपत्यकामा पाँच हजार नौ सय २४ वटा अपराधिक घटनाहरु भएकाछन । प्रहरीका अनुसार गत एक वर्षमा काठमाडौंमा चार हजार पाँच सय ८२, ललितपुरमा आठ सय ५९ र भक्तपुरमा चार सय ८४ वटा अपराधिक घटनाहरु भएकाछन । समयलाई विश्लेषण गर्ने हो भने छ बजेदेखि १२ बजेसम्म सबैभन्दा बढी घटना हुने गरेको डिआइजी बम बहादुर भण्डारीले जानकारी दिएकाछन ।

  • भिओआईपी बिरुद्धको अपरेशनमा प्रहरी सक्रिय
    2016-12-07 02:49:25   |   Comments: 0

    भिओआईपी प्रकरण बिरुद्धको अभियानमा प्रहरी शक्रियरुपमा लागेको छ । हालसम्म प्रहरीले भिओआईपी प्रकरणमा स्वदेशी तथा बिदेशी समेत गरी दर्जनौं व्यक्तिहरु पक्राउ गरिसकेको छ भने संयौको संख्याको यस्तो प्रकरणमा प्रयोग हुने उपकरणहरु पक्राउ गरिसकेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले भिओआईपी बिरुद्धको अपरेशन कै क्रममा पछिल्लो पटक नेपाल टेलिकमको अप्टिकल फाइबरजडित ई–वान पीआरआई प्रविधिलाई दुरुपयोग गरी अन्तर्राष्ट्रिय गिरोहसँग मिलेमतो गरी अवैध कल बाइपास गर्ने सञ्चालक काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने रविराज सिंहलाई पक्राउ गरेको छ । सिंहले श्रीलंकन नागरिकसँग मिलेमतो गरी नेपालमा लाइन फोनबाट अवैध कलबाइपास गर्ने गरेको तथ्य खुलेपछि सिआईबीले सिंहलाई पक्राउ गरेको हो ।

  • एक बर्षमा चार हजार व्यापारी कारवाहीमा
    2016-09-01 04:35:15   |   Comments: 0

    नेपाल गुणस्तर तथा नापतौल बिभाग काठाडौले आर्थिक वर्ष २०७२ ७३ मा चार हजार भन्दा बढी साना तथा ठुला व्यापारीहरुलाई कारवाही गरेको छ । बिभागले अनियमित रुपमा नापतौल यन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको हो ।

  • लागुु औषध तस्करीमा महिला
    2016-07-13 06:52:17   |   Comments: 0

    लागु औषधको तस्करीमा महिला संलग्नता बढ्दै गएको छ । पछिल्लो पटक प्रहरीले तस्करीमा संलग्न एक महिलालाई करोडौ रुपैयाँको लागु औषध सहित पक्राउ गरेपछि यो रहस्या बाहिर आएको हो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार लागूऔषध कारोबारमा संलग्न बसुन्धारा स्यान्वो श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।




<<<1234>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar